नेता कार्यकर्तालाई ओलीको निर्देशन- एक महिना आलोचना नगर्ने व्रत बस्नुस् (भिडिओ) – Nepal Press

नेता कार्यकर्तालाई ओलीको निर्देशन- एक महिना आलोचना नगर्ने व्रत बस्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपनिर्वाचन अवधिभर नेता कार्यकर्तालाई पार्टीभित्र टीकाटिप्पणी नगर्न निर्देशन दिएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कहिल्यै नभएको असन्तुष्टि चुनावको बेलामा हुने भएकाले कसैका विरुद्ध नबोल्न निर्देशन दिए ।

उनले भने, ‘यो एक महिना, बैशाख २० गतेसम्म विरोधीको आलोचना गर्न छुट, साथीभाइको आलोचना गर्न प्रतिबन्ध ! हाम्रा दिदीबहिनीहरुलाई सजिलो छ, व्रत बस्ने गर्नुभएको छ । तर, पुरुषहरु अनुशासित हुँदैनन् । व्रत बस्ने बानी छैन । एक महिनाको व्रत महिला–पुरुष सबैले बस्ने, एकअर्काको आलोचना र विरोध नगर्ने, टीकाटिप्पणी नगर्ने, आलोचना नगर्ने व्रत !’


प्रतिक्रिया

One thought on “नेता कार्यकर्तालाई ओलीको निर्देशन- एक महिना आलोचना नगर्ने व्रत बस्नुस् (भिडिओ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर