सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ: नेता केसी (भिडिओ) – Nepal Press

सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ: नेता केसी (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए ।

उनले जनतामा निराशा र असन्तुष्टि आइरहेको भन्दै विस्तारै समाज विद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।

‘अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई कारबाहीभन्दा संरक्षण गर्नेतिर लागेको छ’, उनले भने, ‘अहिले यो जटिलतापूर्वक राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतीतर्फ उन्मुख छ । आमजनतामा निराशा छ । त्यो निराशा र असन्तुष्टि विस्तारै विद्रोह र अराजकतातिर उन्मुख भइरहेको छ ।’

अहिले संसद संसदजस्तो चलिनरहेको भन्दै प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीले भने, ‘सरकार सरकार जस्तो चलिरहेको छैन । पार्टी, पार्टी जस्तो चलिरहेको छैन । यो अराजकतापूर्ण स्थिति जो देशमा देखिएको छ, त्यसले बडो निराशा र अराजकताको स्थिति सिर्जना गरेको छ ।’


प्रतिक्रिया

One thought on “सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरुलाई सरकारले संरक्षण गरिरहेको छ: नेता केसी (भिडिओ)

  1. सहकारि ठगिमा सगाउने मान्छे एउटा त स्वयम प्रचण्ड पनि छन कि जस्तो लाग्छ ! किनकि oriental cooperative limited का अध्यक्ष्य सुधिर बस्नेतले माओबादिलाइ भोट माग्दै रेणु दाहाललाइ जिताउन धेरै प्रचार गर्दै हिडेको थियो । यो रेणु दाहाल प्रतिनिधिसभामा काठमाण्डुको क्षेत्र न १ म चुनाब लडड्दाको कुरा हो ! अत सहकारिलाइ ठगिमा फसाउने प्रचण्ड हो भन्ने गरिन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर