नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज – Nepal Press

नेपाल आउँदै बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज

काठमाडौंं। आरबी डायमण्ड ज्वेलर्सको २७औँ वार्षिकोत्सवमा सामेल हुन बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छिन् । सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भव्य कार्यक्रमको आयोजना गरी आरबी डायमण्डले ज्याकलिन फर्नान्डेजलाई ल्याउने जानकारी दिएको हो।

आरबीले ३० मार्चमा आफ्नो २७औँ वार्षिकोत्सवको उपलक्ष्यमा भव्य ज्वेलरी रनवे गर्दैछ। जहाँ आरबी डायमण्डले आफ्नो ब्रान्डको उत्कृष्ट डिजाइनका नयाँ कलेक्सनहरू प्रदर्शन गर्नेछन्। सोही रनवेको शो स्टपरको भूमिका निर्वाह गर्न ज्याकलिन नेपाल आउन लागेकी हुन्। कार्यक्रम यही मार्च ३० गते हुनेछ जसको शो ओपनरको रूपमा भने किम गुडबर्न आउने भएका छन्। उनले रनवेमा आरबीको पुरुषका डायमण्ड कलेक्सनहरू प्रस्तुत गर्नेछन्।

कार्यक्रमका लागी आफू हर्षित रहेको ज्याकलिनले बताएकी छन्। उनले हिजो कार्यक्रममै एक भिडियो सन्देशमार्फत आफू कार्यक्रमको लागी आतुर रहेको बताएकी हुन्। किमले पनि भिडिओ सन्देश मार्फतै कार्यक्रमको लागी आफू तयार भएको खबर पठाएका थिए जुन कार्यक्रमको बिचमा देखाइएको थियो।

ज्याकलिन आउने खबरसहित आरबी डायमण्डले हिजो नयाँ लोगो सार्वजनिक र नयाँ ब्रान्ड एम्बेसेडरको पनि घोषणा गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *