चलचित्र ‘पुजार शार्की’को छायांकन सकियो – Nepal Press

चलचित्र ‘पुजार शार्की’को छायांकन सकियो

काठमाडौं । चलचित्र ‘पुजार शार्की’को छायांकन सकिएको छ। सुरु भएको ४८ औं दिनमा चलचित्रको सम्पूर्ण छायांकन सकिएको निर्देशक दिनेश राउतले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘दर्शन गरेँ हल्का निहुरेर’ बोलको कौडा गीतको अन्तिम छायांकनसँगै चलचित्रकोको सम्पूर्ण छायांकन सकिएको हो। दुई तस्बिरसहित उनले लेखेका छन, ‘कौडा गीतको अन्तिम छायांकनसँगै ४८ औँ दिनमा चलचित्रको छायांकन समाप्त भएको छ। छायांकनका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने कास्कीकोटबासी लगायत ‘पुजार शार्की’को पूरै टीमप्रति आभार व्यक्त गर्न चाहन्छु।’

विकास सुवेदीको लेखन र संगीतकार सुभाष भूषालको निर्माण रहेको चलचित्रमा तीन नायकहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको मुख्य भूमिका छ। साथमा अञ्जना बराइली र परिक्षा लिम्बुको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *