एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन – Nepal Press

एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन

अनलाइनमार्फत प्रतिनिधि व्यवस्थापन गरिने

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको चैत १६ देखि १८ सम्म सदरमुकाम चौतारामा हुने १० औं जिल्ला अधिवेशनको तयारी तीव्र गतिमा भइरहेको छ । अधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि गठन भएको मुल व्यवस्थापन समिति लगायत अन्य उपसमितिहरुले आफ्नो कामलाई तीव्रता बनाएका छन् ।

सबैभन्दा महत्वपूर्ण मानिएको प्रतिनिधि छनोटको काम चैत ५ देखि नै जिल्लाका विभिन्न वडामा सुरु भएको र चैत १० गते भित्र प्रतिनिधि छनोट सम्पन्न हुने जिल्ला अध्यक्ष एवम प्रतिनिधि छनोट मुल व्यवस्थापन समितिका संयोजक कमल नेपालले जानकारी दिए ।

वडा तहबाट प्रतिनिधि छनोट भएपछि यस वर्षबाट पहिलो पटक पार्टीले अनलाइन मार्फत प्रतिनिधि विवरण भर्ने व्यवस्था गरेको छ । प्रतिनिधि छनोट भएपछि प्रतिनिधि आवेदन फारममा उल्लेख भएको टेलिफोन नम्बरमा लिङक मेसेज आउँछ ।

लिंक वा क्युआर कोड अन्य माध्यमबाट पनि आउन सक्ने एमालेले जानकारी दिएको छ । लिंक वा क्युआरमा क्लिक गरेपछि आवेदन फारम देखिन्छ ।

सुरुमा अटो साइजको फोटो अपलोड भनिएको ठाउँमा क्लिक गरेपछि मोबाइल स्टोरमा भएको फोटो देखाउँछ । त्यहाँ क्लिक गरेपछि फोटो अपलोड हुन्छ । फोटो नजिकबाट खिचिएको स्पष्ट अनुहार देखिने हुनुपर्छ । फोटोलाई क्रप गर्ने व्यवस्था समेत रहेको एमाले प्रतिनिध छनोट समितिले जानकारी दिएको छ ।

फोटो अपलोड भएपछि नेपालीमा आफ्ना नाम लेख्ने र जन्म मितिमा क्लिक गर्ने वित्तिकै क्यालेन्डर आउँछ । त्यसैबाट सर्च गरेर सालमा क्लिक गर्नुपर्ने व्यवस्था अनलाईनमा गरिएको छ ।

त्यहाँ आफ्नो जन्मको सालमा क्लिक गरेपछि महिना र गते भर्नुपर्छ । ‘ओके’मा क्लिक गरेपछि जन्म मिति भरिन्छ । त्यसपछि मोबाइल नम्बर र लिङ्ग भर्नु पर्छ ।

प्रतिनिधित्व गरेको कमिटीमा क्लिक गरेपछि भूगोल, जनसङ्गठन, जिल्ला सल्लाहकार, सम्पर्क मञ्च, उत्पीडित र मनोनीत भन्ने ‘अप्सन’ देखाउने अनलाईनमा व्यवस्था गरिएको एमालेले जानकारी दिएको छ। आफू कहाँबाट प्रतिनिधि भएको हो त्यहाँ क्लिक गर्नुपर्छ । त्यसपछि खुल्ला वा महिला भनेर पनि आउन सक्छ । त्यो छानेपछि पालिका छान्नु पर्छ र वडा नम्बर टाइप गर्नुपर्छ ।

आफ्नो विवरण सही छ भन्ने पक्का गरेपछि पेस गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुपर्छ । त्यस पश्चात् आफूले पेस गरेको मोबाइल नम्बरमा ६ अंकको ‘ओटिपी कोड’ एसएमएस सन्देशमा आउँने व्यवस्था गरिएको छ ।

कोड मागेको ठाउँमा उक्त कोड राखेपछि ‘तपाईँको विवरण प्राप्त भयो, स्वीकृत भएपछि एसएमएस मार्फत जानकारी गराइनेछ’, भन्ने जानकारी आउने छ ।

प्रतिनिधि कसरी स्वीकृत हुन्छ ?

निर्वाचन अधिकृतले पेस गरेको आधारमा प्रतिनिधि हो/होइन छानबिन हुन्छ । प्रतिनिधि शुल्क १००० र अन्य लेवी चुक्ता भएको छ/छैन छानबिन हुन्छ । विधान, कार्यविधिअनुसार योग्य छ/छैन भन्ने छानबिन हुन्छ । योग्य ठहरिएकाहरूलाई ‘एडमिन साइड’बाट विवरण प्रमाणीकरण गरिन्छ ।

विवरण सही भएमा सो विवरण स्वीकृत गरी एसएमएसबाट ‘नेकपा (एमाले) सिन्धुपाल्चोक जिल्लाको १० औ जिल्ला अधिवेशनमा परिचयपत्रको लागि तपाईँको विवरण स्वीकृत भएको छ भनेर जानकारी आउने व्यवस्था गरिएको एमालेले जानकारी दिएको छ । कार्ड प्रिन्ट पश्चात् जानकारी दिइने छ’ भन्ने सन्देश आउँछ ।

विवरण गलत भएमा एडमिन साइडबाटै अस्वीकृत गरी एसएमएसबाट ‘अधिवेशनको लागि तपाइको विवरण अस्वीकृत भएको छ । ‘भन्ने सन्देश आउँछ । कार्ड प्रिन्ट भए पश्चात् पुन एसएमएसबाट ‘अधिवेशनको लागि तपाईँको कार्ड प्रिन्ट भएको छ ।’ भन्ने सन्देश आउँने गरेर व्यवस्थापन गरिएको प्रतिनिधि मुल व्यवस्थापन समितिका संयोजक एवम जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।

उक्त सूचनाहरू नआएमा प्रतिनिधिले पार्टी जिल्ला कार्यालयमा सम्पर्क गर्नुपर्ने र । कसैसँग मोबाइल नभएमा वा विवरण भर्न नसकेमा अरूको मोबाइल फोन प्रयोग गरेर पनि फारम भर्न सकिने व्यवस्था गरिएको छ। फारममा जुन फोन नम्बर राखेको हुन्छ, त्यसैमा एसएमएसबाट सूचना आउने व्यवस्था गरिएको छ ।

सबै वडाहरुमा अनलाईन फारम चैत ८ गते भित्र पठाइ सक्ने गरेर व्यवस्था गरिएको छ । बन्द सत्र हल र यदी निर्वाचन भएमा उक्त कार्ड स्क्यान गरेर मात्रै प्रतिनिधि हल भित्र पस्न पाउने छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर