अन्तरजातीय प्रेमको वकालत गर्दै पूर्ववडाध्यक्ष अधिकारीले समीक्षासँग गाए ‘ए सुन माया’ – Nepal Press

अन्तरजातीय प्रेमको वकालत गर्दै पूर्ववडाध्यक्ष अधिकारीले समीक्षासँग गाए ‘ए सुन माया’

काठमाडौं । भोजपुरका डिल्लीराम अधिकारीले आफ्नो तेस्रो सांगीतिक कोसेली दर्शक/स्रोतामाझ ल्याएका छन् । उनकै रचना तथा स्वर रहेको ‘ए सुन माया’ को म्युजिक भिडिओ सार्वजनिक गरिएको हो । यो गीतमा उनलाई चर्चित गायिका समीक्षा अधिकारीले गायनमा साथ दिएकी छन् ।

अधिकारीका तीनवटै गीतमा सामाजिक सरोकारका मुद्दा र विकृतिविरुद्धको चेतनालाई सशक्त ढंगले समेटिएको छ । लोकदोहोरीको रूपमा प्रस्तुत नयाँ गीत ‘ए सुन माया’ मा उनले जातीय विभेदविरुद्ध आफूलाई उतार्दै अन्तरजातीय प्रेमलाई सबैले साथ र सम्मान गर्नुपर्ने सन्देश दिन खोजेका छन् । गहकिला शब्दहरू र कर्णप्रिय संगीतलाई डिल्ली र समीक्षाको आवाजले गहकिलो तुल्याएको छ ।

भिडिओमा अर्जुन खड्का र जुना कार्कीको अभिनय छ । मनिपाल राईको संगीत रहेको गीतको कोरियोग्राफी तथा निर्देशन सुरेश पाण्डेले गरेका छन् भने एरेन्ज राजु कार्कीको छ । कालु पाँडे समाधीस्थल नजिकै छायांकन गरिएको उक्त म्युजिक भिडिओ एनपी म्युजिक मिडिया युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।

‘खाडीको लाहुरे’ मार्फत् गायनमा डेब्यू गरेका अधिकारीले दोस्रो प्रस्तुतिका रूपमा ‘नर्कको मलामी’ ल्याएका थिए । नर्कको मलामीमा उनले पूर्वराजाको सक्रियता, दल र नेताको गलत कार्यशैलीलाई लिएर कटाक्ष गरेका थिए ।

भोजपुर अरुण गाउँपालिका-७ का पूर्ववडाअध्यक्षसमेत रहेका डिल्लीराम गत स्थानीय चुनावमा पालिका अध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *