छोराको स्कुलको प्यारेन्ट्स डेमा निशा र शरदको मुस्कान – Nepal Press

छोराको स्कुलको प्यारेन्ट्स डेमा निशा र शरदको मुस्कान

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषावकर छोराकाे स्कुलमा भएको प्यारेन्ट्स डेमा सँगै देखिएका छन् । गत फागुन १४ गते उनीहरुबीच डिभोर्सबिनै अंशवण्डा भएको थियो ।

निशाले शरदविरुद्ध अंश र माना चामलको मुद्दा जिल्ला अदालत काठमाडौंमा दायर गरेकी थिइन् । त्यसैअनुसार अदालतका न्यायाधीश शिशिरराज ढकालले शरदको एक तिहाइ सम्पत्ति (३ भागको १ भाग) निशाले पाउने फैसला गरिदिएका थिए । अंश प्राप्त नहुञ्जेलसम्म शरदले निशालाई मासिक ४१ हजार रुपैयाँ भरणपोषण खर्च उपलब्ध गराउनुपर्ने फैसला अदालतले गरेको थियो ।

तर आज छोराका स्कुलमा भएको कार्यक्रममा भने उनीहरु छोरासँगै देखिए । तस्बिरमा उनीहरु मुस्कुराएका देखिन्छन् । निशाले शरद र छोरासँगको उक्त तस्बिर फेसबुकमा शेयर गर्दै लेखेकी छन्, ‘सानो जादुमयी मानवका गर्विला बुबाआमा ।’

छोराको खुशीको लागि आफूहरुले डिभोर्स नगरेको उनीहरुले बताउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *