सहमति लागू गराउन कांग्रेस केन्द्रीय कार्यालय अगाडि नेविसंघ नेताको अनौठो हर्कत – Nepal Press

सहमति लागू गराउन कांग्रेस केन्द्रीय कार्यालय अगाडि नेविसंघ नेताको अनौठो हर्कत

काठमाडौं । आफूहरुसँग भएको सहमति कार्यन्वयन गर्न पार्टी नेतृत्वलाई दबाब दिनका लागि नेपाली कांग्रेसनिकट नेविसंघका एक कार्यकर्ताले केन्द्रीय कार्यालय अगाडि अनौठो हर्कत देखाएका छन् ।

नेविसंघको सन्तुष्टपक्षका नेता रामजी बस्नेतले केन्द्रीय कार्यालय अगाडि खुट्टामा आगो लगाउने प्रयास गरेका हुन् । विहीवार भएको सो घटनालाई असन्तुष्ट पक्ष्का नेताहरुले भने आत्मदाहको प्रयास भनेका छन् ।

नेपाल विद्यार्थी संघ केन्द्रीय अध्यक्ष दुजाङ्ग शेर्पा, नेपाली कांग्रेस केन्द्रीय सदस्य राजिव ढुङ्गाना र नेपाली कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले असन्तुष्ट पक्षसँग गत भदौ ३ गते गरेको सहमति कार्यन्वयन नभएको भन्दै बस्नेतले सो हर्कत गरेका हुन् । उनले पार्टीका मुख्य सचिवलाई जानकारी गराउँदै बाहिर आएर आगो लगाउन खोजेका थिए ।

भदौ ३ मा उल्लेख भएको सहमति अनुसार ७ दिन भित्र छुटेका साथीहरुलाई समेटेर मात्र गतिविधि सञ्चालन गर्ने भनिएतापनि सोविपरित केन्द्रीय समितिको बैठक बोलाइएको थियो ।

नेविसंघका नेता योगेन्द्र रावलले सहमति कार्यन्वयनका लागि विद्यार्थी नेताले आफ्नो ज्यान दिनुपर्ने अवस्था सिर्जना भएको भन्दै तत्काल माग सम्बोधन गर्न आग्रह गरेका छन् ।

यस्तो आन्दोलन निरन्तर रुपमा अगाडी बढाइने नेविसंघ नेता प्रवेश ढुङ्गानाले जानकारी दिएका छन।आन्दोलनका क्रममा करिब १५ जनाको समूह सहभागी भएकामा बस्नेतल आत्मदाहको प्रयास गरेको दावी उनीहरुको छ ।

यद्यपी दबाब दिने उद्देश्यलेमात्र गरिएकाले उनी बयोधा अस्पतालमा सामान्य उपचारपछि फर्किएका छन् । प्रहरीले सो घटनाको जानकारी नभएको जनाएको छ । आत्मदाह प्रयास गर्ने बस्नेतको उपचार वयोधा अस्पतालमा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर