मधेशमा कांग्रेसका मन्त्री भन्छन्- राजीनामा दिँदैनौँ – Nepal Press

मधेशमा कांग्रेसका मन्त्री भन्छन्- राजीनामा दिँदैनौँ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नयाँ सत्ता समीकरण अनुसार सरकार पुनर्गठन गर्ने तयारी गरेका छन् ।

नेकपा एमालेलाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री यादवले कांग्रेसका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका हुन् । तर कांग्रेसका मन्त्रीहरू राजीनामा दिन तयार छैनन् ।

कांग्रेसबाट कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री, वीरेन्द्र कुमार सिंह स्वास्थ्य तथा जनसंख्या मन्त्री र मोहम्मद समिम गृह तथा सञ्चार मन्त्री छन् ।

नयाँ गठबन्धनमा सहभागी नभएका लोसपाका रमेश प्रसाद कुर्मी बन तथा वातावरण मन्त्री छन् । स्रोतका अनुसार मुख्यमन्त्री लोसपाका मन्त्रीलाई नहटाउने पक्षमा छन् ।

कांग्रेस संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार मन्त्री यादवले राजीनामा नदिने बताए । मुख्यमन्त्रीले एक हप्ता अगाडी नै राजीनामा दिन आग्रह गरे पनि यस विषयमा निर्णय नलिएको उनको भनाई छ ।

नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘हामीलाई बर्खास्त गर्न लागेको कुरा थाहा भएन । बर्खास्त गरेपछि आवश्यक निर्णय लिन्छौं ।’ उनले आफ्नो रणनीतिबारे खुल्न चाहेनन् ।

गृह तथा सञ्चार मन्त्री समिमले सरकार छाड्ने विषयमा पार्टीमा छलफल समेत नभएको बताए । उनले भने, ‘ख्यमन्त्रीले राजीनामा दिनको लागि दलका नेतालाई भनेको होला । मसँग कुरा भएको छैन ।’

नयाँ गठबन्धनमा रहेका दलहरूसँग सरकार बनाउने बहुमत छ । तर कांग्रेसका मन्त्रीहरू राजीनामा दिन तयार नभएको र नवनियुक्त प्रदेश प्रमुख पनि आउन नसकेकाले मुख्यमन्त्री तनावमा परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर