विश्वप्रकाशको प्रश्न- कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ? (भिडिओ) – Nepal Press

विश्वप्रकाशको प्रश्न- कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ? (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री प्रचण्डलाई तपाईँबाट धोखा खाएकाहरू एक ठाउँमा उभिए के हुन्छ ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले अवस्था बदलौं भन्दा प्रचण्डले गठबन्धन बदलेको बताए ।

उनले भने- पोहोर एमाले विपक्षमा रहेको अहिले कांग्रेस विपक्षमा रहेको पालैपालो विपक्षमा रहेकाहरूको हिसाब जोड्दै गर्दा क्लियर हुँदैन र ? पालैपालै विपक्षमा उभिएकाहरू एउटै पक्षमा उभिए भने पनि धोका खाएकाहरू एक हौँ भन्ने नारा लाग्यो भने राजनेताको गद्दीको हालत के होला ?


प्रतिक्रिया

One thought on “विश्वप्रकाशको प्रश्न- कांग्रेस र एमाले मिले भने राजनेताको गद्दीको हालत के हुन्छ ? (भिडिओ)

  1. महासचिवज्यू तपाइले भनेको “विपक्षी विपक्षी मिले” भने भन्नु अगाडी हालको गठबन्धन अगाडी मिल्न सक्नु हुन्थ्यो र नेपाली राजनीतिको लागि जरूरी पनि थियो । तर तपाइहरू प्रचण्डज्यूको जादुमा रमाएर बस्नु भयो । अब तपाइहरूले माखो पनि मार्न सक्नु हुन्न । तपाइमा हिम्मत छ भने एमालेसंग गठबन्धन गरेर देखाउनु होस । तपाइलाइ अग्रिम बधाइ र कांग्रेसमा पनि हिम्मत भएका कोही छन् भनेर तपाइको नाम जप्नेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर