प्रचण्डको प्रश्न- मैले दुई पटक देउवालाई प्रधानमन्त्री बनाएँ, तर तपाईंले दिएको बचन के गर्नुभयो ? – Nepal Press

प्रचण्डको प्रश्न- मैले दुई पटक देउवालाई प्रधानमन्त्री बनाएँ, तर तपाईंले दिएको बचन के गर्नुभयो ?

'कांग्रेसको विश्वासघातको जगम म प्रधानमन्त्री भएको हुँ'

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फेरेपछि कांग्रेसभित्रको एकताको कारक बन्न पाएकोमा खुसी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, कांग्रेसभित्र राम्रो एकता हुँदैछ । प्रचण्डका कारणले तपाईंहरूको युद्धविराम हुँदैछ । यसलाई स्थायी गर्दै कांग्रेसलाई एकीकृत गर्ने संकल्पमा बदल्नुहोला म खुसी नै छु । तपाईंहरूको जोडबल मलाई भिलेन बनाउनतिर छ । तर, विगतमा कांग्रेसको समर्थनमा एक पटक प्रधानमन्त्री भएको छु । तर, माओवादीको समर्थनमा कांग्रेस सभापति देउवा दुई पटक प्रधानमन्त्री हुनुभएको छ नबिर्सिनुहोला ।’

उनले प्रचण्डलाई कांग्रेसले आरोप लगाउन सजिलो नभएको उनको भनाइ छ ।

उनले थपे, ‘मैले राजनीतिक सहमति पूर्ण पालना गर्दै कांग्रेसलाई नेतृत्व हस्तान्तरण गरेको थिए । तर, कांग्रेसले प्रधानमन्त्रीमा मलाई दिएको बचनमा के गर्‍यो ? आफैं छातीमा हात राखेर विचार गर्नुहोला । मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री कांग्रेसको विश्वासघातको जगमा खडा भएको छ भन्ने कुरा नबिर्सिनुहोला ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर