गठबन्धन भत्किएपछि हल्लिएको प्रदेश सरकार जोगाउन कांग्रेसले सम्भव भएसम्म जुनसुकै दलसँग सहकार्य गर्ने – Nepal Press

गठबन्धन भत्किएपछि हल्लिएको प्रदेश सरकार जोगाउन कांग्रेसले सम्भव भएसम्म जुनसुकै दलसँग सहकार्य गर्ने

काठमाडौं । नेपाली कांग्रेसले नयाँ राजनीतिक समीकरण बनेपछि आफू नेतृत्वको सरकार जोगाउन र सम्भव हुने ठाउँमा नयाँ बनाउनेबारे छलफल थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा प्रदेश सरकारबारे निर्णय गर्ने अधिकार प्रदेशलाई दिने सहमति भएको कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले बताए ।

एकल सरकार बन्ने स्थिती नभएको ठाउँमा केन्द्रको परामर्शमा अन्य दलसँग छलफल र सहकार्य गरेर अघि बढ्ने बताए । उनले एमाले माओवादी गठबन्धनमा रहेकाबाहेक अन्य दललाई सहकार्य गर्न आग्रह गर्ने बताए ।

आजको बैठकमा कांग्रेस पदाधिकारी, पूर्वपदाधिकारी, पार्टीका प्रदेश सभापति र संसदीय दलको नेताहरु सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर