गठबन्धन भत्किएपछि आगामी रणनीतिबारे छलफल गर्न कांग्रेसको बैठक बुढानीलकण्ठमा – Nepal Press

गठबन्धन भत्किएपछि आगामी रणनीतिबारे छलफल गर्न कांग्रेसको बैठक बुढानीलकण्ठमा

काठमाडौं । नेपाली का‌ंग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बैठक अहिले बसिरहेको छ ।

सत्ता गठबन्धनमा भएको फेरबदलसँगै देउवाले पदाधिकारीहरूसँग छलफल तीव्र बनाएका छन् । आजको बैठकमा संघीय संसदमा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गरिने बनाइएको छ ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि भोलि विश्वासको मत लिँदैछ । तर, देउवाले प्रचण्डसँग बदला लिन विपक्षी गठबन्धन बनाउने प्रयास पनि जारी राखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर