अर्थमन्त्री गुमाएपछि महतको पत्रकार सम्मेलन, आफू सत्तामा जानेबित्तिकै अर्थतन्त्र सुध्रेको दाबी – Nepal Press

अर्थमन्त्री गुमाएपछि महतको पत्रकार सम्मेलन, आफू सत्तामा जानेबित्तिकै अर्थतन्त्र सुध्रेको दाबी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवम पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले आफुले अर्थतन्त्र मेहनत गरेरै लयमा फर्काएको दाबी गरेको छन् ।

सानेपा पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डा. महतले आफु अर्थमन्त्री बन्दा बिग्रेको अर्थतन्त्र निकै मेहनतका साथ लयमा ल्याएको बताए ।

उनले भने ‘अर्थतन्त्र सुध्रेको प्रमाण नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनले देखाउँछ । यस्तै विश्व बैंक, एडिबी लगायत अन्र्तराष्ट्रिय संघसंस्थाबाट प्रकाशित विवरणले पनि अर्थतन्त्र लयमा फर्कंदै गरेको देखाएको छ ।’

बहुवर्षीय ठेक्का बेथिति तरिकाले लगाइंदै आएकोले अनगिन्ती दायित्व सृजना भएको र यस्तो बेथिति अन्त्यका लागि आफुले कडाइका साथ मेहनत गरेको उनले बताए ।

बजेटरी प्रणालीलाई अनुशासनमा ल्याउन फजुल र अनावश्यक खर्चमा कडाइ गरेको महतको भनाइ छ ।

उनले भने, ‘आर्थिक सहायता जथाभावी बाड्नु भएन । आवश्यकता सबैका छन् । अरुखाले आर्थिक समस्या सबै छन् । गर्नैपर्ने बाहेक आर्थिक सहायता दिनुहुदैन भन्ने मान्यता राखे ।’

‘मितिव्ययी हुँदा, शुसासन सुनिश्चित गर्दा उपलब्धि नहुने हो भन्ने मान्यतामा सहमत गर्न सकिदैन । हामी सत्तामा जानेबित्तिकै अर्थतन्त्र सुध्रेको हो’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर