नितिशकुमारसँग तुलना गर्दै प्रचण्डलाई कांग्रेसले भन्यो- तपाईं पदको लागि ‘पल्टुराम’ बन्नुभयो (भिडिओ) – Nepal Press

नितिशकुमारसँग तुलना गर्दै प्रचण्डलाई कांग्रेसले भन्यो- तपाईं पदको लागि ‘पल्टुराम’ बन्नुभयो (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारतको बिहारका मुख्यमन्त्री नितिशकुमारसँग तुलना गरेको छ । राष्ट्रियसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले जनताको म्यान्डेटभन्दा बाहिर हिँडेको भन्दै पल्टुरामको संज्ञा दिए ।

उनले भने, ‘प्रधानमन्त्री बाँचुन्जेलसम्म यता उति पल्टिन्छु भन्नुहुन्छ । हाम्रा पढोसी राष्ट्र बिहारका मुख्यमन्त्री नितिशकुमार ९ अल्टन पल्टन गर्नुभएको रहेछ । सरकार यताउति गर्दाखेरी । तर, हाँलाई पल्टुराम भन्दारहेछन् बिहारमा । प्रधानमन्त्री जस्तो मान्छे म बाँचुन्जेल अल्टन पल्टन गर्छु भन्न मिल्दैन । किनभने स्थिरताको लागि हामीले गठबन्धन गरेको थियौं । हामीलाई जनताले मत माग्दै जाँदा संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थित गर्छौँ, संविधानको लागि हामी लडेका हौं । संविधानप्रति इमान्दार छौं भने जनताले दिएको म्यान्डेट यो अल्टन पल्टन गर्न म्यान्डेट दिएका होइन ।’

प्रधानमन्त्री प्रचण्डले पदको लागि यताउता गरिराख्दा राजनीतिक स्थायित्व नहुने भएकाले अहिलेको कोर्स गलत भएको टिप्पणी गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर