सांसद विनोद चौधरीकाे उपस्थितिमा नवलपरासीका ठूला आयोजनाको प्रगतिबारे छलफल (भिडिओ) – Nepal Press

सांसद विनोद चौधरीकाे उपस्थितिमा नवलपरासीका ठूला आयोजनाको प्रगतिबारे छलफल (भिडिओ)

रूपन्देही । पश्चिम नवलपरासी जिल्लाभित्र संचालित ठूला विकासे आयोजनाको प्रगति तथा विद्यमान समस्या सन्दर्भमा सरोकारवालाबीच छलफल गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा आयोजित छलफलमा सम्वन्धित आयोजना कार्यालयमा प्रतिनिधि, निमार्ण व्यवसायिक प्रतिनिधिसहित आवश्यक सरोकारवाला निकायको प्रतिनिधित्व रहेको थियो ।

छलफलमा संघीय सांसद विनोद चौधरीले सबै विकास आयोजनाहरुको निर्माणा समयमै सम्पन्न हुनुपर्ने गरी अगाडि बढ्न आग्रह गरे । ‘समस्या परेको स्थानमा सहजीकरण गर्न म तयार छु तर विभिन्न बहानामा काम ढिलासुस्ती गर्ने छुट कसैलाई छैन’, सांसद चौधरीले भने ।

सांसद चौधरीले यस अगाबै पनि नवलपरासीमा संचालित ठूला विकासे आयोजनाहरु प्रभावकारी रुपमा समयमै सम्पन्न गर्नुपर्छ भनेर सरोकारवाला निकायमा आवश्यक पहल गर्दै आएका थिए ।

पश्चिम नवलपरासीमा बुटवल नारायणगढ सडकखण्ड र हुलाकी सडक खण्डको कामलाई प्राथमिकता साथ हेरिएको छ । जसमध्ये हुलाकी सडक खण्डको करिव ३७ किलोमिटर सडकमध्ये १२ किलोमिटर मात्र पूरा काम सकिएको छ ।

सात वर्षअघि काम थालिएको हुलाकी सडकको काम बर्षाैंदेखि अलपत्र पदै आएको छ । सोमबारको सहमतिअनुसार छलफलको क्रममा हुलाकी सडक खण्ड अन्तर्गत आगामी ४ महिनाभित्र थप ७ किलोमिटरको सडक विस्तारको काम सम्पन्न गर्ने सरोकारवालाबीच सहमति भएको हो ।

यसैगरी बुटवल नारायगण सडक खण्डमध्ये पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकादेखि सुनवल नगरपालिकासम्म करिब ४७ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ ।

बाँकी कामसमेत तत्कालै सम्पन्न गर्नुपर्नेमा छलफलको क्रममा जोड दिइएको थियो । निर्माण व्यवसायीका प्रतिनिधिहरुले आवश्यक निर्माणाजन्य सामग्री अथवा नदीजन्य सामग्रीको अभाव देखिएको दाबी गर्दै आएपनि छलफलको क्रममा सरोकारवाला निकायले निर्माम व्यवसायीले काम गर्न विभिन्न वाहान बनाउँदै आएको दाबी गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर