ईश्वर पोखरेलको दाबी- अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक छ – Nepal Press

ईश्वर पोखरेलको दाबी- अहिलेको गठबन्धन विधिसम्मत र सकारात्मक छ

कैलाली । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले-माओवादीसहितको वर्तमान सत्ता गठबन्धन विधिसम्मत र सकारात्मक भएको बताएका छन् ।

धनगढी विमानस्थलमा प्रेस चौतारी कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेससहितको गठबन्धन टुट्नु नै महत्वपूर्ण रहेको र वर्तमान गठबन्धन विधिसम्मत र सकारात्मक भएको टिप्पणी गरेका हुन् । उनले २०८४ सालको चुनावसम्मै अहिलेको गठबन्धन कायम रहने जिकिर गरे ।

उनले गठबन्धनलाई सकारात्मक ढङ्गले अगाडि बढाउन एमाले मन्त्रालयहरूमा धेरै महत्त्व नदिएको बताए ।

‘यही नयाँ गठबन्धनलाई सकारात्मक ढङ्गले अगाडि बढाउनुपर्छ भनेर लागेका छौँ अवाञ्छित ढङ्गले खडा गरिएको काँग्रेससहितको गठबन्धन टुट्न सकारात्मक कुरा हो’, उनले भने, ‘सरकारमा कुन र कति मन्त्रालय पाउँछौँ भन्ने कुरा महत्त्वपूर्ण होइन ।’

अघिल्लो पटक अहिलेकै गठबन्धन टुट्नु दुर्भाग्य रहेको उनको विश्लेषण थियो ।

कांग्रेससँगको गठबन्धन टुटेपछि नयाँ ढङ्गले राजनीति अघि बढेको बताउँदै उनले यो गठबन्धन अगामी २०८४ को निर्वाचनसम्मै कायम रहने दाबी गरे । सुदूरपश्चिम सहितका केही प्रदेशमा नयाँ गठबन्धनसँग सरकार गठन गर्न बहुमत नरहेको प्रसङ्गमा पोखरेलले सबै पक्षसँग संवाद भइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर