रुसको राजधानीमा केही दिनमै अतिवादी आक्रमण हुने अमेरिकी दूतावासको चेतावानी – Nepal Press

रुसको राजधानीमा केही दिनमै अतिवादी आक्रमण हुने अमेरिकी दूतावासको चेतावानी

काठमाडौं । आगामी केही दिनमा रुसको राजधानी मस्कोमा केही दिन भित्रै अतिवादीको आक्रमण हुने मस्कोस्थित अमेरिकी दूतावासले चेतावनी दिएको छ ।

रुसी विश्व च्यानल आरटीका अनुसार अमेरिकी दूतावासले शुक्रबार यस्तो चेतावानी दिँदै आफ्ना नागरिकहरुलाई मस्कोको भिडभाडमा भेला नहुन आग्रह गरेको छ ।

दूतावासले आगामी ४८ घण्टाभित्र यस्तो आक्रमण हुने बताएको छ । अमेरिका र रुसबीचको कूटनीतिक तनाव तल्लो तहमा झरेको अवस्थामा यस्तो भएको हो ।

बिहीबार मात्रै रुसले अमेरिकी राजदूत लिनी ट्र्यासीलाई बोलाएर तीन अमेरिकी गैरसरकारी संस्थाको गतिविधिमा बन्द गर्न चेतावनी दिएको भोलीपल्ट यस्तो सूचना सार्वजनिक भएको हो ।

अगामी हप्ता रुसमा राष्ट्रपतीय चुनाव हुन लागेको समयमा यस्ता सूचना सार्वजनिक भएका हुन् । रुसमा यही मार्च १५ देखी १७ सम्म राष्ट्रपतीय चुनाव हुँदैछ ।

चुनावमा पुटिन स्वतन्त्र उम्मेदवारको रुपमा उठेका छन् । ७१ वर्षका पुटिनले आफ्नो सत्ताधारी दल युनाइटेड रसिया पार्टीकै अनुमोदन अनुसार स्वतन्त्र उम्मेदवार उठ्न लागेका हुन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *