दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी – Nepal Press

दीपेन्द्र बने टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी

काठमाडौं । नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी-२० आई क्रिकेटमा सर्वाधिक क्याच गर्ने नेपाली खेलाडी बनेका छन् ।

उनले टियु क्रिकेट मैदानमा जारी टी-२० सिरिजको नेदरल्यान्डविरुद्धको खेलमा एक क्याच लिएसँगै दीपेन्द्रले सर्वाधिक क्याच गर्ने नेपाली खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् । दीपेन्द्रले माइकल लेभिटको क्याच लिएका थिए।

दीपेन्द्रले ५७ खेलमा २४ क्याच समातेका छन् । यसअघि यो कीर्तिमान कुशल भुर्तेलको नाममा थियो । कुशलले ३२ खेलमा २३ क्याच लिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर