युरो-२०२४: क्रोएसियामाथि स्पेनको रवाफिलो जित – Nepal Press

युरो-२०२४: क्रोएसियामाथि स्पेनको रवाफिलो जित

काठमाडौं । युरो कप-२०२४ को समुह बि अन्तर्गतको खेलमा स्पेनले क्रोएसियालाई पराजित गरेको छ ।

शनिवार राती जर्मनीको बार्लिनमा भएको खेलमा क्रोएसियालाई ३–० ले पराजित गर्दै स्पेनले रवाफिलो जित निकालेको हो ।
खेल अवधिभर क्रोयसियाले ५४ प्रतिशतको समय बललाई नियन्त्रणमा लिएपनि गोल भने गर्न सकेन । उता स्पेनले तार्गेट गरेको ५ मध्य ३ वटा प्रहार गोल भयो ।

खेलको २९ औं मिनेटमा मोरोटाको गोल मार्फत सुरुवती अग्रता बनाएको स्पेनले दोश्रो गोल फविन रुइज मार्फत ३२ औं मिनेटमा गर्न सफल बन्यो । पहिलो हाफको इन्ज्युरी समयको दोश्रो मिनेटमा डानियल कार्भजलले गोल गर्दै पहिलो हाफमा ३-० को अग्रता दिलाए ।

दोश्रो हाफमा दुबै पक्षबाट गोलका केहि सुन्दर प्रयासहरु भए तर ति प्रयास दुबै टोलीको लागि प्रयासमा मात्र सिमित बन्दा स्पेनले पहिलो हाफमा बनाएको ३-0 को अग्रतानै क्रोयसिया बिरुद्द रवाफिलो जितको लागि काफी भयो ।

निकै अनुशासित खेलमा खेल अवधिभर एउटा मात्र पहेँलो कार्ड प्रयोग भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *