खेलकुदमन्त्री श्रेष्ठले भने- सरकारलाई दिएको समर्थनबारे रास्वपाले समीक्षा गर्दैछ (भिडिऔ) – Nepal Press

खेलकुदमन्त्री श्रेष्ठले भने- सरकारलाई दिएको समर्थनबारे रास्वपाले समीक्षा गर्दैछ (भिडिऔ)

‘अनाधिकृत ढंगले कुनै सम्झौता गर्दैनौं, राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ’

काठमाडौं । खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले सरकारलाई दिएको समर्थनको बिषयमा रास्वपाभित्र समीक्षा भइरहेको बताएका छन्। रास्वपाको स्थापनाको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सरकार पूरानै कर्मकाण्डी शैलीमा चलेको टिप्पणी गरे।

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः
सांसद पद निर्वाचित भइसकेपछि अहिले सरकारमा गइसकेपछि शासकिय वेथिती सामाजिक वेथितीभन्दा पनि डरलाग्दो हो भन्ने कुरा हाम्रो साथीहरुले अनुभव गरिरहेका छौं।

अहिले हामीले सरकारको नेतृत्व गरिरहेका छौं सत्ता अहिले पनि पूरानै शैलीमा कर्मकाण्डी तरिकाले उपलब्धि नहुने गरी चलाएको हामी दुई धारे तरवारको बीचमा चलिरहेका छौं। हाम्रो सभापतिज्यू, स्वणिम दाई सबैले भनिराख्नुभएको छ केही चिजमा हामीलाई अनावश्यक, अनाधिकृत ढंगले कुनै सम्झौता गर्नपर्यो भनेदेखि त्यो दिनै रास्वपा सरकारबाट बाहिर आउन अहिले नै तयार छ।

हाम्रो राजीनामा पत्रमा मिति मात्रै लेख्न बाँकी छ। त्यो तयार गरेरै बोकेरै हामी हिँडेका छौं। अहिलेको वर्तमान राजनीतिक परिस्थितीमा एकपल्ट हामी जिम्मेवार सबै जना नेताहरु बसेर अस्ति सल्लाह पनि भएको छ हाम्रो, सरकारलाई दिएको समर्थनको बारेमा एकचोटी समीक्षा गर्नुपर्ने बेला पनि छ।

र, साथसाथै सत्ता साझेदार दलहरुले पनि एकचोटी समीक्षा र पुनरावलोकन पनि गर्ने कुराहरु अहिले चल्न थालेको छ। अहिले जुन खालको घटनाहरु विकशित भइरहेको छ, जुन खालको सम्भावनाहरु खोज्नुपर्ने छ त्यसमा सबैभन्दा जिम्मेवार रास्वपा भएको छ। हामीलाई आशाहरुलाई पनि जोगाइराख्नुपर्ने र सम्भावनाहरुको पनि खोजी गर्नुपर्ने चुनौती छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *