निर्मल पुर्जाबारे आईएसपीओले मुख खोल्यो- आरोप स्पष्ट नभएसम्म निर्दोष मान्नुपर्छ – Nepal Press

निर्मल पुर्जाबारे आईएसपीओले मुख खोल्यो- आरोप स्पष्ट नभएसम्म निर्दोष मान्नुपर्छ

पुर्जामाथि लगाइएको आरोप प्रमाणित भए ‘आईएसपीओ कप २०२१’ खारेज गरेर फिर्ता लिइने

काठमाडौं । स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले कीर्तिमानी आरोही निर्मल पुर्जामाथि लगाइएको यौन उत्पीडनको आरोपहरूबारे दुःख व्यक्त गर्दै यसबारे सत्य तथ्य पर्खिने जनाएको छ । स्पोर्ट इन्सपायरिङ म्याग्जिन ‘आईएसपीओ’ ले एक विज्ञप्ति जारी गर्दै पुर्जामाथिका आरोपबाट विचलित भएको जनाएको छ ।

सन् २०२३ मा पुर्जालाई ‘आईएसपीओ कप २०२१’ प्रदान गरेको थियो । म्युनिखको सो म्यागेजिन विश्व प्रसिद्ध मानिन्छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्मल पुर्जा इमान्दार व्यक्तिको रूपमा आईएसपीओले चिनेको छ । त्यसैले उनीमाथि लागेका आरोप र तथ्यहरू पूर्णरूपमा स्पष्ट नभएसम्म निर्दोष भएको मान्न सकिन्छ । पुर्जामाथि आरोपहरू सत्य अथवा पुष्टि भएमा आईएसपीओ‌को कपलाई खारेज गर्ने र पुर्जालाई प्रदान गरिएको कप फिर्ता लिने कुरा स्पष्ट पार्न चाहान्छौं ।

पुर्जामाथि फिनल्याण्डकी एक महिलाले ५ वर्षअघि आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । सोही आधारमा न्युयोर्क टाइम्सले समाचार प्रकाशन गरेपछि विवाद आएको हो । पुर्जाले आरोप अश्वीकार गर्दै अन्तर्राष्ट्रिय अदालतमा जाने बताइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर