संसदमा विपक्षी दलहरुको नाराबाजी, तीन मन्त्रीको राजीनामा माग – Nepal Press

संसदमा विपक्षी दलहरुको नाराबाजी, तीन मन्त्रीको राजीनामा माग

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।

विवादित तीन मन्त्रीको राजीनामा माग्दै एमाले, रास्वपा, राप्रपा लगायतका विपक्षी दलहरुले नाराबाजी गरिरहेका हुन्।

अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्‍याएका हुन् । उनले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताए।

यस्तै, राप्रपाले पनि बालकुमारी घटनासहित मिटरब्याजपीडित र दूध उत्पादक किसानको समस्या समाधान समाधान गर्न सरकारको ध्यानाकर्षण जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर