पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्यालको राजीनामा – Nepal Press

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव वैकुण्ठ अर्यालको राजीनामा

काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव वैकुण्ठ अर्यालको राजीनामा मागेको छ ।

महासंघको चौथो बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजीनामा दिनुपर्ने बताए ।

साथै उनले आरोपित द्वयलाई राजीनामा दिइ अनुसन्धालाई सहयोग गर्न समेत आग्रह गरे ।

महासंघको गत माघ २८ र २९ गते काठमाडौंमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो ।

कार्यक्रममा ट्रेड युनियनमाथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामती कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताए । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उनले बताए ।

कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लीकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिए ।

यसैगरी बालकुमारी हत्याकाण्डका दोषी नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने पनि उनले बताए ।

त्यस्तै, एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए ।

नेपाल सरकाले कानून र अस्थामा प्रहार गदै लुम्बिनीको रामग्रमको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्याउन महासचिव देवकोटाले माग गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर