हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित – Nepal Press

हिमालय सीमापार वाणिज्य संघको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुपाल्चोक । चिनियाँ नाका क्षेत्रमा व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरुको छाता संगठन हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारणसभा तथा १२औं अधिवेशनबाट रामहरि कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

अन्य धेरै पदमा सहमति भए पनि अध्यक्षलगायतका पदहरुमा सहमति नभएपछि निर्वाचन भएको थियो । निर्वाचनमा कार्कीले ४३४ मत ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । अध्यक्षका अर्का उम्मेदवार लोप्साङ शेर्पाले ४२१ मत पाएका थिए ।

संघको वरिष्ठ उपाध्यक्षमा गंगाबहादुर घिमिरे (सागर) ४४२ मत ल्याउँदै निर्वाचित भए । उनका प्रतिद्वन्द्वी अर्जुन कार्कीले ४०२ मत पाएका थिए ।

त्यस्तै महासचिवमा रामचन्द्र पराजुली र सचिवहरुमा विकासप्रसाद रिसाल, आङदोर्जे शेर्पा, तुलसी राउत र सुब्बा श्रेष्ठ निर्वाचित भएका छन् ।

पदाधिकारीहरुमध्ये प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठ र उपाध्यक्षहरुमा सुजित बस्नेत, निरञ्जनकृष्ण श्रेष्ठ, ओमनाथ घिमिरे, भरत कार्की, वरिष्ठ सचिवमा भरतबहादुर अर्याल निर्विरोध निर्वाचित भए । कोषाध्यक्ष लालबहादुर बस्नेत र सहकोषाध्यक्ष सुमन श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर