एपिएफ बन्यो मकवानपुर गोल्डकप च्याम्पियन – Nepal Press

एपिएफ बन्यो मकवानपुर गोल्डकप च्याम्पियन

हेटौँडा । हेटौँडामा आज सम्पन्न छैटौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल एपिएफ फुटबल क्लबले जितेको छ । एनआरटी क्लबलाई शनिबार सडन डेथमा हराउँदै एपिएफ पहिलो पटक च्याम्पियन बनेको हो ।

निर्धारित समय गोलरहित र पेनाल्टी सुट आउटमा ३–३ को बराबरी भएपछि रोमान्चक बनेको खेलको सडन डेथमा एपिएफ विजयी भएको हो। सडन डेथको दोस्रो पेनाल्टीमा फोडे फोफनालर निर्णायक गोल गरेका हुन्।

एपिएफले उपाधिसहित १५ लाख र एनआरटीले १० लाख रुपैयाँ प्राप्त गर्यो। खेलको उत्कृष्ट गोलरक्षक एपीएफका एन्जल श्रेष्ठ,उत्कृष्ठ डिफेन्डर एपीएफकै कुलदिप कार्की भए । यस्तै उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ भए भने उत्कृष्ठ फरवार्डको उपाधी एनआरटी कै जोन ग्लोरीले हात पारे । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको एपीएफका सुमन श्रेष्ठ घोषित भए । विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै एपीएफका अनिष महर्जनले १ थान बुलेट मोटरसाइकल प्राप्त गरे । यस प्रतियोगितको बुलेट वाइइको प्रायोजन स्व परशुराम स्मृति प्रतिष्ठानले प्रायोजन गरेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर