‘विद्यार्थीसँग सासंद’ : कक्षा कोठामै गएर पढाउँछन् सांसद सापकोटा (भिडिओ) – Nepal Press

‘विद्यार्थीसँग सासंद’ : कक्षा कोठामै गएर पढाउँछन् सांसद सापकोटा (भिडिओ)

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले विद्यार्थीसँग सांसद कार्यक्रम अन्तरगत कक्षाकोठामा नै गएर विद्यार्थीहरूलाई पढाउँदै आएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरूमा पुगेर विद्यार्थीहरूसँग उनले अन्तरक्रिया गर्ने गरेका हुन् ।

विद्यालयको कक्षा कोठामा गएर कक्षा लिने, विद्यार्थीसँग अन्तर्क्रिया गर्ने र विद्यार्थीहरूको सांसद र राजनीतिको विषयमा जिज्ञासाहरू समाधान गर्ने उद्देश्यले यस्तो कार्यक्रमको सुरुवात गरेको सांसद सापकोटाले बताए ।

उनले भने, ‘विद्यार्थीहरूमा अहिले पनि सांसद र मन्त्री भनेको एकदमै ठुलो हो भन्ने भावनाको विकास हुँदै गएको छ,आफ्ना अभिभावकहरूले चुनेर पठाएको जनप्रतिनिधिलाई नजिकैबाट देख्ने र छुने अवसर विद्यार्थीहरूलाई प्रदान गर्ने उद्देश्यले नयाँ कार्यक्रमको सुरुवात गरेको हुँ ।’

कक्षा कोठाको अवस्था हेरेर एक पटकमा ४० देखि ५० जना विद्यार्थीहरूसँग कक्षामा गएर अन्तरक्रिया गर्ने गरेको उनको भनाई छ ।

शहरी क्षेत्रको तुलनामा गाउँका विद्यार्थीहरू बढी जिज्ञासु हुने गरेको उनको भनाई छ । विद्यार्थीहरूसँग कक्षा कोठामा नै गएर अन्तर्क्रिया गर्दा सांसद ,मन्त्री र नेताहरू भनेको ‘भ्रष्ट्राचारी’ हुन्छन् भन्ने मान्यता कलिला विद्यार्थीको मानसपटलमा गढेर बसेको आफूले पाएको सांसद सापकोटाले बताए ।

विद्यालयको कक्षा कोठामा गएर अहिलेको देशको राजनीतिक अवस्था,संघीय प्रणाली,संसद्को बनोट,विकास निर्माणको प्रक्रिया लगायतका विषयमा पनि विद्यार्थीहरूलाई जानकारी गराउने गरेको उनको भनाई थियो ।

विद्यालयमा सांसद कार्यक्रममा प्रदेश सभाका सांसद, सम्बन्धित गाउँपालिका/नगरपालिकाका प्रमुख र वडा अध्यक्षहरूलाई पनि सँगै लिएर अन्तर्क्रिया गर्ने गरेको सांसद सापकोटाले बताए ।

विद्यार्थीसँग सासंद सँगै आफुले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयका विद्यार्थीहरुलाई ससद भवनमा पनि लगेर त्यहाँ सासंदहरुले खेल्ने भुमिकाको प्रत्यक्ष अवलोकनको व्यवस्था समेत गर्न लागेको उनले सुनाए।

विद्यालयमा सासंद र संसदमा विद्यार्थी यो दुवै कार्यक्रममा अहिले आफूले पहिलो पटक सुरुवात गरेको बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर