प्रचण्डको अभिव्यक्तिमा माधवको असन्तुष्टि, भने- गिरिजा बाबु त मसँग सल्लाह नगरी बोल्नुहुन्नथ्यो (भिडिओ) – Nepal Press

प्रचण्डको अभिव्यक्तिमा माधवको असन्तुष्टि, भने- गिरिजा बाबु त मसँग सल्लाह नगरी बोल्नुहुन्नथ्यो (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दरबार हत्याकाण्डको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

जनकपुरधाममा भएको एक कार्यक्रममा उनले आफूसँग कुनै सल्लाह नै नगरी दरबार हत्याकाण्डको बारेमा प्रचण्डले बोलेको बताए । प्रधानमन्त्री प्रचण्डले केहीदिनअघि सरकारले दरबार हत्याकाण्डको छानबिन गर्ने बताएका थिए ।

उनले भने, ‘गिरिजा बाबु त मसँग सल्लाह नगरी त्यो विषयमा बोल्नुहुन्नथ्यो । उहाँ (प्रधानमन्त्री) कसरी अचानक बोल्नु भयो खै ।’

उनले राजतन्त्र मसान घाटको मुर्दा भइसकेको भन्दै अब राजतन्त्र फर्काउन नसक्ने तर्क गरे । राजतन्त्र फर्काउन पनि नदिने उनको भनाई थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर