उत्तर कोरियाली विदेशमन्त्री रुसमा, पुटिनसँग भेटवार्ता – Nepal Press

उत्तर कोरियाली विदेशमन्त्री रुसमा, पुटिनसँग भेटवार्ता

काठमाडौं । उत्तर कोरियाली विदेशमन्त्री चोइ सोन हुइ रुस भ्रणमा गएकी छन् । उत्तर कोरियाली राष्ट्रपति किम जोम उनको रुस भ्रमण भएको तीन महिना लगत्तै विदेशमन्त्री हुइको रुस भ्रमण सार्वजनिक भएको हो ।

हुइले मंगलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेकी छन् । रुसी विश्व च्यानल आरटीका अनुसार पुटिन हुइ भेटवार्तामा दुई देशका राष्ट्र प्रमुखहरुले गरेको सम्झौता कार्यान्वयनदेखी दुई पक्षीय हितका बिषयमा छलफल भएको छ ।

गत सेप्टेम्बरमा एक हप्ता रुस भ्रमणमा आएका उत्तर कोरियाली नेता उन रुसको सुदुरपूर्वी भागमा आएर रुसी राष्ट्रपति पुटिन, रक्षामन्त्री सेर्गी सैगूँदेखि विभिन्न अधिकारीहरुसँग भेटवार्ता गरेका थिए । उनले अन्तरिक्ष प्रक्षेपण केन्द्रमा पनि भ्रमण गरेका थिए ।

पश्चिमा मिडियाहरुका अनुसार रुसले उत्तर कोरियालाई भूउपग्रह निर्माणमा सहयोग गर्ने र उत्तर कोरियाले रुसलाई मिसाइल लगायतका हतियारमा सहयोग गर्ने सहमति पुटिन र उनको भएको थियो । उत्तर कोरियाले हालसालै गुप्तचर भूउपग्रहको सफल प्रक्षेपण गरेको थियो भने रुसले मार हानेका केहि मिसाइल उत्तर कोरियाली भएको पश्चिमा मिडियाले दाबी गरेका छन् ।

अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायदिपमा गरेको संयुक्त सैन्य अभ्यास तथा उत्तर कोरियाले गरेको हाइपरसोनिक मिसाइल परिक्षण पछि भएको उत्तर कोरियाली विदेशमन्त्रीको रुस भ्रमण र पुटिनसँगको भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर