टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते – Nepal Press

टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते

काठमाडौं । माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको भीड अनियन्त्रित भएको छ ।

मगर र थारू समुदायले माघीको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन टुँडिखेलमा पुगेकाहरुबीच ठेलमठेल हुँदा चेपिएर केही घाइते भएका छन् ।

भीड अनियन्त्रित हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । भीडलाई नियन्त्रणमा लिन प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।

उक्त माघी कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुँदैछन् ।

थारु समुदाय नयाँ वर्षका रुपमा माघी पर्वलाई धुमधामका साथ स्नान, दान एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।

माघी पर्व मनाउन टुँडिखेलमा सर्वसाधारणकाे संख्या निरन्तर बढिरहेकाे छ । जसले काठमाडाैंकाे सडककाे ट्राफिक अस्तव्यस्त बनेकाे छ ।


प्रतिक्रिया

One thought on “टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते

  1. जाड रक्सी बेचेको ठाउँमा किन जानुपर्ने प्रधानमन्त्री यो सब उनको कारण ले हो जहा लोकल रक्सी छ्याङ बेचर मद खाई रहेका ठाउँमा प्रधानमन्त्री भाषणको लागि के काम थियो र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *