कोभिड १९ को नयाँ भेरियन्ट प्रवेश हुन नदिन जनस्वास्थ्य मापदण्ड अपनाउन सरकारको अनुरोध – Nepal Press

कोभिड १९ को नयाँ भेरियन्ट प्रवेश हुन नदिन जनस्वास्थ्य मापदण्ड अपनाउन सरकारको अनुरोध

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन.१ को संक्रमण नेपालमा आउन नदिन सजगता अपनाउन आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले एक विज्ञप्ति जारी गर्दै छिमेकी मुलुकहरुमा यसको संक्रमण बढिरहेको र नेपालको त्यसको जोखिम कम गर्न प्रवेश बिन्दका सम्पूर्ण हेल्थ डेस्कहरु, स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरु तथा सम्पूर्ण सरोकारवालाहरुमार्फत आवश्यक स्क्रिनिंग र निगरानी भइरहेको बताए ।

उनले कोभिड १९ को जोखिम व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको पनि जानकारी गराए ।

त्यस्तै, भिडभाड हुने स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु जस्तै, मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम राख्न र हातको सरसफाइमा ध्यान दिन विज्ञप्तिमा अनुरोध गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर