बालकुमारी घटनाको विरोधमा गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको पुत्ला दहन, सरकारी सवारी साधन पूर्णरूपमा रोक – Nepal Press

बालकुमारी घटनाको विरोधमा गृहमन्त्री श्रेष्ठ र भौतिकमन्त्री ज्वालाको पुत्ला दहन, सरकारी सवारी साधन पूर्णरूपमा रोक

सुर्खेत । शुक्रबार ललितपुरको बालकुमारी घटनालाई लिएर सुर्खेतको प्रशासन कार्यालय अगाडि गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको पुत्ला जलाइएको छ ।

आन्दोलनका क्रममा दैलेखका २१ वर्षीय सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको घटनालाई लिएर मृतकका आफन्त, विभिन्न राजनीति दलका कार्यकताले आज श्रेष्ठ र ज्वालको पुत्ला जलाएका हुन् ।

आन्दोलनमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै प्रदर्शन जारी छ । मृतकलाई सहिद घोषणा, उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीलाई कारबाही, मृतकका परिवार लाई रोजगार, घाइतेको उपचार गर्नुपर्ने लगायतका माग राख्दै शुक्रबार साँझबाट प्रदर्शन गरिरहेका छन् ।

वीरेन्द्रनगरमा सरकारी सवारी साधनलाई रोक लगाइएको छ । साथै, वीरेन्द्रनगरमा जनप्रतिनिधिहरु कार्यक्रममा सहभागी हुन् हिँडेर कार्यक्रम स्थल पुग्ने गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर