कुकुरले सुँघेपछि अमेरिकाबाट भित्र्याइएकाे १०८ कार्टुन गाँजा विमानस्थलमा बरामद – Nepal Press

कुकुरले सुँघेपछि अमेरिकाबाट भित्र्याइएकाे १०८ कार्टुन गाँजा विमानस्थलमा बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५५ केजी गाँजा बरामद गरिएको छ । विमानस्थलको कार्गोबाट उक्त परिमाणको गाँजा बरामद गरिएको विमानस्थल प्रहरीले जनाएको छ ।

बुधबार राति कतार एयरवेजको जहाजबाट आएको सामानमा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद भएको विमानस्थल प्रहरीले बताएको छ । स्पिकरको भाडोमा लुकाएर ल्याएको गाँजा कुकुरले सुँघेर पता लागेको हो । बरामद भएको गाँजा अमेरिकन रहेको बताइएको छ ।

१०८ कार्टुन गाँजा अमेरिकाबाट आएको विमानस्थलका भन्सार प्रमुख डा. टोकराज पाण्डेले बताए । उनले नेपाल प्रेससँग भने, ‘दुईदिन अघि आएको हो । फर्मको नाममा आएको छ । अहिले सबै खुलिसकेको छैन । अनुसन्धानका लागि लागू औषध विभागमा पठाएको छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *