जन्मथलो तेह्रथुममा ‘ओली क्रेज’ : हेर्नुहोस् वसन्तपुरको बार्दली र छतका खचाखच तस्बिर – Nepal Press

जन्मथलो तेह्रथुममा ‘ओली क्रेज’ : हेर्नुहोस् वसन्तपुरको बार्दली र छतका खचाखच तस्बिर

वसन्तपुर । मध्यपहाडी समृद्धिका लागि संकल्प यात्राको १५औं दिन नेकपा एमालेको टोली तेह्रथुमको वसन्तपुर पुगेको छ ।

वसन्तपुरको आमसभामा अध्यक्ष ओलीसहितका नेतालाई स्वागत गर्न सर्वसाधारण, वृद्धवृद्धा, कार्यकर्ताको उत्साहजनक उपस्थिति छ । कोशी प्रदेशको संखुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी मोरङलगायतका जिल्लाबाट नेता तथा कार्यकर्ता पुगेका छन् ।

सुनसरी मोरङबाट मात्र ६० वटा वस, ६० वटा कार जीप र तीन सय बढी मोटरसाइकलमा नेता तथा कार्यकर्ता सहभागी भएको नेकपा एमाले प्रसार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले बताए ।

आमसभास्थल वरपर घरका छत, बार्दली खचाखच छ । तेह्रथुम ओलीको जन्मथलो हो ।

एमालेको यात्रालाई लक्षित गरी पहिचानवादीहरूले बन्दको आयोजना गरे पनि त्यसको प्रभाव देखिँदैन । वसन्तपुर बजारमा हुने आमसभामा ५सय १ जना स्वयंसेवक खटिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर