एमालेको झुलाघाट-चिवा भञ्ज्याङ यात्रा: यसरी सिंगारिँदैछ डोटी टुँडिखेल (फोटो फिचर) – Nepal Press

एमालेको झुलाघाट-चिवा भञ्ज्याङ यात्रा: यसरी सिंगारिँदैछ डोटी टुँडिखेल (फोटो फिचर)

डोटी । बिहीबार सुरु भएको नेकपा एमालेको झुलाघाट-चिवा भञ्ज्याङ मध्य पहाडी लोकमार्गको यात्रा शुक्रबार डोटी पुग्दैछ । अभियानअन्तर्गत डोटीमा हुने जनसभाका लागि एमाले कार्यकर्ताहरु स्थानीय टुँडिखेल सिंगारिरहेका छन् ।

‘सम्वन्ध स्थानीय, सन्देश राष्ट्रिय’ भन्ने नाराका साथ बिहीबार बिहान बैतडीको झुलाघाटमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अभियानको उद्घाटन गरेका थिए । अभियानअन्तर्गत बिहीबारै बैतडीको जिल्ला सदरमुकाम गोठलापानीमा जनसभा भएको छ ।

अभियान शुक्रबार सिलगढीको टुँडिखेलमा पुगेर विशाल जनसभामा परिणत हुने र सो सभालाई पार्टी अध्यक्ष ओलीले सम्बोधन गर्ने एमाले डोटीका अध्यक्ष चक्रबहादुर मल्लले जानकारी दिए ।

‘हामी बिहान डोटी र डडेल्धुराको सिमाना कोराल खोलामा अभियान टोलीलाई लिन जानेछौं, गोपघाटमा टोलीको स्वागत गर्ने कार्यक्रम छ’, अध्यक्ष मल्लले भने, ‘त्यसपछि जिल्लाको मुख्य व्यापारिक केन्द्र दिपायलमा भेटघाट र छलफल हुनेछ ।’

दिउँसो सिलगढीको टुँडिखेलामा जनसभा हुने मल्लले बताए । अभियान टोली शुक्रबार डोटीमै बस्ने र शनिबार बिहानै अछामतर्फ प्रस्थान गर्ने बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर