‘नेटा भी धन्तेरस’मा विशेष छुट, २ लाख ८० हजार डाउन पेमेन्टमै कार – Nepal Press

‘नेटा भी धन्तेरस’मा विशेष छुट, २ लाख ८० हजार डाउन पेमेन्टमै कार

काठमाडौं । ‘नेटा भी’ को नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटर्सले नेटा भी विद्युतीय कार खरिदमा ‘धन्तेरस विशेष छुट योजना’ सार्वजनिक भएको छ ।

सीजी मोटर्सको धन्तेरस विशेष अफर अन्तर्गत २ लाख ८० हजार रुपैयाँको डाउन पेमेन्टै लिन मिल्ने भएको छ । जहाँ यसअघि नेटा भी डाउन पेमेन्टमा लिँदा ३८.९९ लाखको २० प्रतिशतले हुन आउने ७ लाख ८० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्थ्यो ।

तर, कम्पनीले डाउन पेमेन्टको रकम मध्य ५ लाख बराबर रुपैयाँ क्यास ब्याक अफर दिएकाले २ लाख ८० हजार मात्रै डाउन पेमेन्टमा पाइने भएको हो ।

त्यस्तै, करिब २० मिनेटको समयमा नै ३० देखि ८० प्रतिशत फास्ट चार्ज हुने गाडीले फूल चार्जमा ३८० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

विश्वकै ठुलो ब्याट्री उत्पादक कम्पनी ’सिएटीएल’ ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको नेटा भी को ब्याट्रीसहित मोटरमा कम्पनीले १ लाख ५० हजार रुपैयाँ किलोमिटर वा ८ वर्षको वारेन्टी प्रदान गरेको छ ।

सीमित अवधिको लागि नेपालभरका सम्पूर्ण शोरुम बाट विशेष अफर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर