यूएलसीआईले नेपालकै पहिलो बहुवैकल्पिक ‘आई-फेयर’ गर्दै – Nepal Press

यूएलसीआईले नेपालकै पहिलो बहुवैकल्पिक ‘आई-फेयर’ गर्दै

काठमाडौं । काठमाडौंको पुतिलसडकमा नेपालकै पहिलो बहुवैकल्पिक ‘आई-फेयर’ हुने भएको छ । जेठ २० गते आइतबार ‘यूएलसीआई’ ले नेपालमै पहिलो पटक बहुवैकल्पिक ‘आई–फेयर’ गर्न लगेको हो ।

नेपालमै पहिलो पटक एकै ठाउँमा ‘आईइएलटीएस’ देखि ‘एसएटी’ सम्मको युनिभर्सल ल्यांग्वेज एन्ड कम्प्युटर इन्स्टिट्यूट (यूएलसीआई) का प्रमुख कार्यकारी अधिकृत उत्तम प्रसाद पन्तले बताए ।

पहिलो पटक ‘आईइएलटीएस’, ‘पीटीई’, ‘टीओइएलएफ’, ‘ओईटी’, ‘जेएफटी’, र ‘एसएटी’ का प्रतिनिधिहरूलाई नै राखेर आई-फेयर गर्न लागिएको छ ।

अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूका लागि व्यापक कार्यक्रम ‘आई-फेयर’ आइतबार गर्न लागेको हो । आई–फेयरमा अन्तर्राष्ट्रिय परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरुलाई बहुमूल्य जानकारी एवं स्रोतहरूको बारेमा जानकारी पाउनेछन् ।

आई–फेयरमा विद्यार्थीहरूले निशुल्क प्रवेश गर्न सक्नेछन् । आई–फेयरमा सहभागीका लागि कुनै पनि शुल्क लगाइएको छैन । विद्यार्थीहरूले क्युआर स्क्यान गरेर आफै आफ्नो सहभागीताका लागि रजिस्ट्रेसन गर्न सक्ने जनाइएको छ ।

प्रमुख कार्यकारी अधिकृत पन्तले भने, ‘हामी विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक कार्यमा सफल हुन आवश्यक पर्ने ज्ञान र स्रोतहरूद्वारा सशक्त बनाउन प्रतिबद्ध छौँ । हामीले गर्न लागेको आई–फेयरलाई प्रत्यक्ष सम्बन्धित भाषाको प्रतिनिधिसँग जोड्ने काम गरेका छौँ । विद्यार्थीले प्रत्यक्ष जानकारी र सल्लाह प्रदान गर्न सक्नेछन् । आईइएलटीएस होस् या पीटीई सबैका प्रतिनिधिहरूलाई एकै ठाउँमा राखेर विद्यार्थीहरुलाई आवश्यक उनको आवश्यकता अनुसारको जानकारी पदान गरिने छ । अन्तर्राष्ट्रिय परीक्षाहरूको लागि तयारी गर्ने जो कोहीका लागि यो अमूल्य अवसर हो ।’

विद्यार्थीले भर्खरै परीक्षण तयारी यात्रा सुरु गरेकादेखि सोचमा रहेकालाई पनि अवसरको फाइदा उठाउन उनले आग्रह गरे ।

‘चाहे विद्यार्थीले भर्खरै परीक्षण तयारी यात्रा सुरु गर्दै गरेको होस् वा तयारी गर्ने सोचमा होस् । आईफेयरले सबैको लागि निशुल्क अवसर प्रदान गर्दै छ । हामी विद्यार्थी र अभिभावकहरूलाई सिक्न, नेटवर्क गर्न र आफ्नो क्षितिज विस्तार गर्ने यो अनौठो अवसरको फाइदा उठाउन प्रोत्साहन गरिरहेका छौँ’, उनले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर