जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने तीन दलको सहमति – Nepal Press

जनमतको नेतृत्वमा मधेश सरकार गठन गर्ने तीन दलको सहमति

काठमाडौं । मधेश प्रदेश सरकार जनमत पार्टीको नेतृत्वमा गठन गर्ने तीन दलबीच सहमति भएको छ ।

बिहीबार काठमाडाैंमा बसेको बैठकले नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच यस्ताे सहमति गरेकाे हाे । जनमतका अध्यक्ष डा. सीके राउतको उपस्थितिमा बैठक बसेकाे थियाे । मन्त्रालय बाँडफाँट आपसी सहमतिमा गर्ने निर्णय भएको जनाइएको छ ।

उनीहरुबीच भएको लिखित सहमतिमा तीन दलका नेताहरुले हस्ताक्षर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर