बढुवा भएका दुई सचिवको पदस्थापन, अर्याललाई लुम्बिनी प्रदेश र ट्रष्ट कार्यालयमा पुडासैनीलाई – Nepal Press

बढुवा भएका दुई सचिवको पदस्थापन, अर्याललाई लुम्बिनी प्रदेश र ट्रष्ट कार्यालयमा पुडासैनीलाई

काठमाडौं । सरकारले सहसचिवबाट सचिवमा बढुवा भएका दुई जनाको पदस्थापन गरेको छ ।

बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फ राधिका अर्याल र प्राविधिक सेवातर्फ विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेलगत्तै पदस्थापन गर्ने निर्णय गरेको हो ।

सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शुक्रबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा अर्यालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेश प्रमुख सचिवमा र पुडासैनीको नेपाल ट्रष्टको कार्यालयमा कार्यकारी सचिवमा पदस्थापन भएको जानकारी गराइन् ।

अर्याल अहिले लुम्बिनी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कायम मुकायम प्रमुख सचिवको जिम्मेवारीमा छन् भने पुडासैनी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पारमाणविक पदार्थ व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारीमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर