कतारसँग संवाद गरेर हमासको कब्जामा रहेका विपीनको उद्धार गर्न विश्वप्रकाशको माग – Nepal Press

कतारसँग संवाद गरेर हमासको कब्जामा रहेका विपीनको उद्धार गर्न विश्वप्रकाशको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हमासको नियन्त्रणमा रहेको नेपाली विद्यार्थी विपिन जोशीको उद्धार गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘नेपाली विद्यार्थी विपीन जोशी हमासको नियन्त्रणमा रहेको पुष्टि भएको छ । कतार सरकारसँग कुरा गरेर उनलाई उद्धार गर्न सकिने औँल्याइएका छन् । यो प्रक्रियामा गम्भीर प्रयास गर्न प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गर्दछु ।’

उनले सरकारले भारत सरकारसँग संवाद गरेर काकडभिट्टा नाका सञ्चालनमा ल्याउन माग गरेका छन् ।

उनले भने, ‘भारत, बंगलादेश र नेपालबीच निकट रहेको काकडभिट्टा नाका हो । कोरोनाको बेलामा बन्द भएका वीरगञ्ज, नेपालगञ्ज नाका खुला भइसकेका छन् । तर, भारतीय अध्यागमनले पर्यटकको इन्ट्रीलाई खुला नगरेकाले काकडभिट्टा नाकामा अवरोध जारी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर