क्यानडाका प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आव्हान (भिडिओ) – Nepal Press

क्यानडाका प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरी आव्हान (भिडिओ)

काठमाडौं । संसदीय सुनुवाइ समितिले क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालउपर उजुरीको आह्वान गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले मन्त्रिपरिषद्को कात्तिक २ गतेको निर्णयानुसार क्यानडाका लागि आवासीय राजदूत एवं क्यूवा, जमैका, डोमिनिकन रिपब्लिक र हाइटीका लागि गैर आवासीय राजदूत तथा आइकाओका लागि स्थायी प्रतिनिधिको पदमा नियुक्तिका लागि सिफारिस भउका परराष्ट्र मन्त्रालयका सचिव पौड्यालउपर उजुरीका लागि आह्वान गर्ने निर्णय गरेको हो ।

समितिका सभापति पशुपतिशम्शेर जबराले संसदीय सुनुवाइको कार्यविधिअनुसार उजुरी दिन १० दिनको सूचना जारी गर्ने निर्णय गरिएको जानकारी दिए । सूचना प्रकाशित भएको मितिले १० दिनभित्र स्पष्ट आधार खोली मर्यादित भाषामा सूचना वा उजुरी दिन सकिने उनले बताए ।

मन्त्रिपरिषदको सिफारिसपछि परराष्ट्र मन्त्रालयले कात्तिक ३ गते सुनुवाइका लागि समितिमा पत्र पठाएको थियो । मन्त्रिपरिषद्ले गरेको सिफारिस संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ ।

पौडेललाई मन्त्रीसरहको मर्यादासहित क्यानडाको राजदूतमा नियुक्तिका लागि सिफारिस भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर