आज एमालेको शुभकामना र चियापान कार्यक्रम – Nepal Press

आज एमालेको शुभकामना र चियापान कार्यक्रम

काठमाडौं । नेकपा एमालेले आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दैछ ।एमाले दसैँ, तिहार, छठलगायत पर्वहरूको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेकाे हाे ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट दशैं, तिहार, छठ लगायत पर्वहरुको अवसरमा कात्तिक १४ गते शुभकामना तथा आदानप्रदान तथा चियापान कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रम संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणको कार्यतालिकालाई मध्यनजर गर्दै आजको लागि सारिएको थियो । अध्यक्ष केपी शर्मा ओली चाडपर्वको अवसरमा पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा उपस्थित हुन आह्वान गरेका छन् ।

चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो ठिक सवा १२ बजेदेखि सुरु हुनेछ। कार्यक्रममा सबै राजनीतिक दलसहित उच्च पदस्थका व्यक्तिहरुलाई आमन्त्रण गरिएको जनाइएको छ ।

एमालेले बडादसैँको अवसर पारेर हरेक वर्ष चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर