अफगानिस्तानले फेरि हरायो टेस्ट टोली, श्रीलंका स्तब्ध – Nepal Press

अफगानिस्तानले फेरि हरायो टेस्ट टोली, श्रीलंका स्तब्ध

काठमाडौं। अफगानिस्तानले भारतमा जारी एकदिवशीय विश्वकपमा तेस्रोपटक टेस्ट टोलीलाई हराएको छ। सोमबार भएको खेलमा अफगानिस्तानले पूर्व विजेता श्रीलंकालाई ७ विकेटले हरायो।

अफगानिस्तानसँग यसअघि इङ्ल्यान्ड र पाकिस्तान पनि स्तब्ध भएका थिए। श्रीलंकाले दिएको २ सय ४२ रनको लक्ष्य अफगानिस्तानले ४५।२ ओभरमा ३ विकेट मात्र गुमाएर पुरा गरेको थियो। उसका लागि अज्मातुल्लाह अमरजाईले ७३, हस्मातुल्लाह साहिदीले ५८ र रहमत शाहले ६२ रन जोडेका थिए।

इब्राहिम जद्रानले पनि ३९ रन बनाए। रहमनुल्लाह गुरबाजलाई पहिलो विकेटका रुपमा शुन्यमै गुमाएपछि दबाबमा आएको अफगानिस्तानलाई त्यसपछिका ब्याट्सम्यानले सहजै जितसम्म डोर्‍याए। ६ खेलबाट ६ अंक भएको अफगानिस्तान तालिकाको पाचौँ स्थानमा छ। श्रीलंकाको ६ खेलबाट ४ अंक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर