कुशलले पूरा गरे २६ बलमा अर्धशतक – Nepal Press

कुशलले पूरा गरे २६ बलमा अर्धशतक

काठमाडौं। विश्वकप छनोटअन्तर्गत नेपालका कुशल मल्लले सिंगापुरविरुद्ध अर्धशतक पूरा गरेका छन् । उनले २६ बलमा अर्धशतक पूरा गरेका छन् ।

कुशलले २ छक्का र ६ चौका प्रहार गरेका छन् । १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालले आक्रामक ब्याटिङ गर्दै ७ ओभरमा विकेट नगुमाई ७२ रन जोडेको छ ।

कुशलले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सातौं पटक अर्धशतक बनाएका हुन् । २५ खेल खेल्ने क्रममा उनले एक पटक शतक पनि प्रहार गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर