सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य – Nepal Press

सिंगापुरले नेपाललाई दियो १४६ रनको लक्ष्य

काठमाडौं । टी–२० विश्वकप एसिया छनोटको पहिलो खेलमा सिंगापुरले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनायो ।

नेपालका लागि अविनाश बोहराले डेथ ओभरमा शानदार बलिङ गर्दै तीन विकेट लिए । यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिएका छन् ।

सिंगापुरले इनिङको दोस्रो बलमा नै पहिलो विकेट गुमाएको थियो । करण केसीको बलमा सिंगापुरका कप्तान अरित्र दत्त आउट भएका थिए । तर, अर्का ओपनर रोहन रंगराजनले आक्रामक पारी खेले । अविनाश बोहराको एकै ओभरमा उनले २२ रन जोडेका थिए ।

सिंगापुरले ६.५ ओभरमा एकमात्र विकेटको क्षतिमा ५२ रन बनाएको थियो । सन्दीप लामिछानेले सुरेन्द्र चन्द्रमोहनलाई बोल्ड गरेसँगै सिंगापुरको विकेट पतन सुरु भयो ।

नेपाललाई राहत दिलाउँदै गुल्शन झाले रंगराजनलाई सन्दीप जोराको हातबाट क्याच गराए । रंगराजनले ३० बलमा एक छक्का र नौ चाैकासहित ४६ रन जोडे । सोही ओभरमा अमर्त्य कौललाई पनि गुल्शनले शून्यमा आउट गरेपछि सिंगापुर दबाबमा आएको थियो । सन्दीपले जनक प्रकाशलाई एलबीडब्लु आउट गर्दै आफ्नो खातामा एक विकेट थपे ।

तर, त्यसपछि छैटौं विकेटका लागि मनप्रित सिंह र आर्यवीर चौधरीबीच महत्वपूर्ण ४८ रनको साझेदारी भएको थियो । उनीहरुको साझेदारी करण केसीले तोडे । उनको बलमा रोहित पौडेलले मनप्रितलाई क्याचआउट गरे । उनले २६ बलमा २४ रन बनाए । आर्यवीरले २६ बलमा ३७ रन जोडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर