रोहितको शानदार क्याचमा सिंगापुरले गुमायो छैठाैं विकेट – Nepal Press

रोहितको शानदार क्याचमा सिंगापुरले गुमायो छैठाैं विकेट

काठमाडौं । टी-२० विश्वकप क्वालिफायरको पहिलो म्याचमा नेपाल र सिंगापुरबीच बल र ब्याटको सघंर्ष जारी छ । १६ ओभरको समाप्तिमा सिंगापुरले ६ विकेट गुमाएर १२० रन जोडेको छ ।

नेपालका लागि छैठाैं विकेट सोमपाल कामीले लिए । यद्यपि, यो विकेटमा कप्तान रोहित पौडेलको बढी योगदान थियो । सोमपालको बलमा मनप्रित सिंहले ठूलो सट प्रहार गरेका थिए ।

तर, लङ अन बाउन्ड्रीमा रोहितले शानदार क्याच लिए । मनप्रित र आर्यविर चौधरीको पार्टनरसीपले नेपाललाई तर्साइरहेको थियो । मनप्रितको विकेटसँगै नेपालले राहतको सास फेरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर