म्यानचेस्टर डर्बीमा चम्किए हालान्ड, घरेलु मैदानमा हार्‍यो युनाइटेड – Nepal Press

म्यानचेस्टर डर्बीमा चम्किए हालान्ड, घरेलु मैदानमा हार्‍यो युनाइटेड

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा आइतबार राती म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई ३–० गोलले हराएको छ । म्यान युनाइटेडको मैदानमा भएको खेलमा सिटीका एर्लिङ हालान्डले २ गोल र एक असिस्ट गरे। हालान्डले २६ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

४९ औँ मिनेटमा हालान्डले अग्रता दोब्बर बनाए । हालान्डको पासमा फिल फोडिनले ८० ‍औँ मिनेटमा म्यान सिटीलाई ३–० गोलले अगाडि बढाएका थिए । जितपछि १० खेलबाट २४ अंक भएको म्यान सिटी तालिकाको तेस्रो स्थानमा छ । टोट्टनहामको १० खेलबाट २६ अंक छ भने आर्सनलले २४ अंक जोडेको छ ।

१० खेलबाट १५ अंक भएको म्यान युनाइटेड तालिकाको ८ औँ स्थानमा रहेको छ । हालान्ड यो सिजन इङ्लिस प्रिमियर लिगका सर्वाधिक गोलकर्ता हुन् । उनले ११ गोल गरेका छन्। दोस्रो स्थानमा रहेका मोहम्मद सलाहको ८ गोल छ ।

आइतबार राति भएको अर्को खेलमा लिभरपुलले नटिङ्घमलाई ३–० गोलले हरायो । लिभरपुलको १० खेलबाट २३ अंक छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर