राष्ट्रसंघका महासचिवलाई ओलीले भने- प्रधानमन्त्रीले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो – Nepal Press

राष्ट्रसंघका महासचिवलाई ओलीले भने- प्रधानमन्त्रीले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रिया टुंग्याउन कठिन भयो

काठमाडौं । नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका छन् ।

आइतबार संसद भवनमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ताका क्रममा उनले पीडितको अधिकार, अन्तराष्ट्रिय मूल्यमान्यताअनुसार शान्ति प्रक्रिया सर्वस्वीकार्य ढंगले निष्कर्षमा पुर्‍याउन सुझाव दिएका हुन् ।

एमाले अध्यक्ष ओलीसँगको भेटवार्तामा शान्ति प्रक्रियालगायत जलवायु परिवर्तनका विषयमा छलफल भएको एमाले नेता प्रदीप ज्ञवालीले बताए । नेपालले जलवायु परिवर्तनको पीडालाई नजिकबाट हेरेर आवश्यक मुद्दा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसको भनाई उद्धृत गर्दै ज्ञवालीले जानकारी दिए ।

छलफलमा एमाले अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुंग्याउन चाहेको बताए । प्रधानमन्त्री प्रचण्डले हिंसालाई बढावा दिँदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिन देखिएको ओलीले बताएको ज्ञवालीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर