ईंग्ल्यान्डविरुद्ध भारतले ४० रनमा तीन विकेट गुमायो, कोहली शून्यमा आउट – Nepal Press

ईंग्ल्यान्डविरुद्ध भारतले ४० रनमा तीन विकेट गुमायो, कोहली शून्यमा आउट

काठमाडौं । एक दिवसीय विश्वकपमा भारतले ईंग्ल्यान्डविरुद्धको म्याचमा खराब सुरुवात गरेको छ । १२ ओभरमा ४० रन जोड्दा भारतका तीन ब्याट्सम्यान पेभिलियन फर्केका छन् ।

ओपनर, शुभमन गिल, बिराट कोहली र श्रेयस ऐयर छिट्टै आउट भएका हुन् । उच्च फर्ममा रहेका कोहली आउट हुँदा भारतलाई सबैभन्दा ठूलो झट्का लागेको छ । उनलाई डेभिड विलीले शून्यमा आउट गरे ।

ईंग्ल्यान्डले आज टस जितेर भारतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो । भारतले ओपनर शुभमन गिललाई ९ रनमा गुमायो । उनलाई क्रिस वक्सले बोल्ड गर्दा भारतको खातामा २६ रन मात्रै चढेको थियो ।

तेस्रो नम्बरमा कोहली क्रिजमा आउँदा दर्शकले चर्को हुटिङसहित उनको स्वागत गरे । तर, कोहलीले आज कुनै चमत्कार देखाउन सकेनन् । नौ बलको सामना गर्दा कुनै पनि रन जोड्न नसकी उनी आउट भए । उनले धैर्य गुमाउँदौ हानेको सटलाई मिड अफमा बेन स्टोक्सले क्याच गरेका थिए ।

कोहली जारी विश्वकपमा सर्वाधिक रन स्कोरर बन्ने तथा एक दिवसीयमा सर्वाधिक शतक हान्ने दौडमा छन् । अहिलेसम्म ४८ एकदिवसीय शतक बनाइसकेका कोहली ४९ औं शतक हानेर सचिन तेन्दुलकरको बराबरी गर्न चाहन्छन् ।

कोहलीको विकेटले विलीलाई ठूलो राहत मिलेको छ । उनले आफ्नो व्यक्तिगत दोस्रो ओभरमा १८ रन खाएका थिए । कोहलीको विकेटपछि श्रेयर ऐयर पनि १६ बलमा ४ रन मात्रै जोडेर आउट भए ।
अहिले क्रिजमा ओपनर रोहित शर्मा र केएल राहुल छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर