एकदिवशीय विश्वकपमा नेदरल्यान्ड्सको तहल्का- दक्षिण अफ्रिकापछि बंगलादेश पनि पराजित – Nepal Press

एकदिवशीय विश्वकपमा नेदरल्यान्ड्सको तहल्का- दक्षिण अफ्रिकापछि बंगलादेश पनि पराजित

काठमाडौं। नेदरल्यान्ड्सले जारी एकदिवशीय विश्वकपमा दोस्रोपटक टेस्ट मान्यताप्राप्त टोलीलाई पराजित गरेको छ। शनिबार भएको खेलमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्सले बंगलादेशलाई ८७ रनले हरायो।

२३० रनको लक्ष्य पछ्याएको बंगलादेश एक सय ४२ रनमा अलआउट भयो। बंगलादेशलाई सस्तोमा समेट्न पल भान मिकेरेनले ४ र बास डे लिडेले २ विकेट लिए।

बंगलादेशका कुनैपनि ब्याट्सम्यानले अर्धसतक पनि पुरा गर्न सकेनन्। त्यसअघि डच टोलीको पालीमा कप्तान स्कट एडवार्ड्सले ६८ र वेस्ली बारेसीले ४१ रन बनाएका थिए। नेदरल्यान्ड्सले जारी विश्वकपमा दोस्रो जित हात पारेको हो। उसले दक्षिण अफ्रिकालाई हराएर पहिलो जित हात पारेको थियो।

६ खेलपछि नेदरल्यान्ड्सको ४ र बंगलादेशको २ अंक छ। इङ्ल्यान्ड पनि ६ खेलबाट २ अंक जोडेर तालिकाको पुछारमा रहेको छ। ६ खेलबाट दक्षिण अफ्रिका १० अंकसहित शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको भारतको पनि १० अंक छ। न्युजिल्यान्ड र अस्ट्रेलियाले ६ खेलबाट समान ८ अंक जोडेका छन्। तालिकाको शीर्ष चार टोली सेमिफाइनल पुग्नेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर